

बैशाख ३- नयाँ बर्ष २०७६ को दोस्रो कारोवार दिन नेप्से सुखद देखिएको छ । आज मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन ।
नेप्से २३ दसमलव ३३ अंकले बढेर १२ सय १२ दसमलव पाँच बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ४८ अंकले बढेर दुई सय ६० दसमलव २४ बिन्दुमा चढेको छ ।
एक सय ७० वटा कम्पनीहरुको आठ हजार नौ सय ७८ वटा कारोवारमा २४ लाख ११ हजार छ सय ५० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७४ करोड २७ लाख १८ हजार पाँच सय ७१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव ४१ अंकले बढेर एक हजार ८७ दसमलव ४१ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक पनि २० दसमलव दुई अंकले बढेर १५ सय तीन दसमलव ८५ बिन्दुमा चढेको छ ।
जलबिद्युत समुहको सुचक पनि पाँच दसमलव ८९ अंकले बढेर ११ सय ३९ दसमलव ३१ बिन्दु चढेको छ । यि बाहेक लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ६७ पैसाले बढेर एक सय ४४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ २२ पैसाले घटेर ९० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ७५ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ४८ लाख ४६ हजार छ सय ८२ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्