आइसिसी यू-१९ विश्वकप छनोटमा ओमानविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दैछ।क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा जारी खेलमा १९ ओभर सकिदा नेपालले ४ विकेट गुमाएर ७६ रन जोडेको छ।

जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन्। सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष स्थानमा हुने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ।हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै  अंक तालिकाको दोस्रो स्थानमा छ। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो।

तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो। उक्त खेलमा नेपालले २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ।