वैशाख ३- नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आइपिएल क्रिकेटको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका छन्।

दिल्ली क्यापिटल्सबाट लगातार दोस्रो सिजन आइपिइल क्रिकेट खेलिरहेका नेपाली युवा क्रिकेटर सन्दीप जारी १२ औं संस्करणको आइपिएल क्रिकेटको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका हुन्। मनोनयनमा सन्दीपसँगै बैंग्लोरका बलर मोहमद सिराज, मुम्बई इन्डियन्सका स्पिनर राहुल चाहर, राजस्थान रोयल्सका तिव्र गतिका बलर जोफ्रा आर्चर र राजस्थानकै स्पिनर श्रेयस गोपाल मनोनयनमा परेका छन्।

आइपिएलको जारी सिजनमा सन्दीपले चार खेल खेल्दै पाँच विकेट लिएका छन्। सन्दीपले जारी सिजनमा पञ्जावविरुद्ध दुई तथा कोलकता, हैदरावाद र बैंग्लोरविरुद्ध १–१ विकेट लिका छन्। मनोनयनमै परेका राजस्थानका स्पिनर श्रेयसले ८, राजस्थानकै आर्चरले ७, बैंग्लोरका बलर मोहमद सिराजले ६ र मुम्बई इन्डियन्सका चाहरले ३ विकेट लिएका छन्।

अवार्डका जित्ने खेलाडीले १० लाख भारु पुरस्कार पाउने छन् । अवार्ड विजेताको घोषणा टेलिभिजन कमेन्टेटरको रोजाइ र जनताले दिएको मतका आधारमा गरिने छ। अवार्डको मनोनयनमा परेका खेलाडीलाई www.iplt20.com   मा मत दिन सकिने छ।

आइपिएलको ११ औं संस्करणमा इमर्जिङ प्लेयरको अवार्ड दिल्ली क्यापिटल्सका रिशव पन्तले जितेका थिए।