बैशाख २- विश्वमै दुर्लभ रहेको याङ्टा प्रजातिको एक कछुवा ९० वर्षको उमेरमा मरेको छ।

याङ्टा जायन्ट सफ्टसेल र राफेटस स्वीनहोइको नामले चिनिने उक्त पोथी कछुवा चीनको सुजहोउ चिडियाखानामा मरेको जनाइएको छ।

अब विश्वमा यस प्रजातिको कछुवा मात्र ३ वटा बाँकी छ।

चार पटकसम्म मर्ने अवस्थामा पुगेको यस कछुवालाई पहिले बचाउन सफल भएपनि यसपटक भने कछुवालाई बचाउन नसकिएको चिडियाखानाका अधिकारीहरुले बताएका छन्।

चीनमा अब यस प्रजातिको कछुवा एउटामात्र बाँकी छ। अन्य दुई भियतनामको चिडियाखानामा भएको बताइएको छ।उक्त पोथी कछुवाबाट डिम्ब निकाल्ने प्रयास भएको २४ घन्टापछि कछुवाको निधन भएको बताइएको छ।

यस प्रजातिका कछुवा तस्करीका कारण लोप भएको जनाइएको छ। बीबीसी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।