हेटौँडा,२ बैशाख ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ कमलडाँडाबाट हवाई इन्धन चोरी गर्दै गर्दा तीनजना पक्राउ परेका छन् । प्रहरीले इन्धन चोर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झा सहितको टोलीले प्राप्त सुचनाको आधारमा कमल डाँडा स्थितमा पार्कीङ गरी राखेको हवाई ईन्धन लोड भएको ना ४ ख ०१७७ नंबर को ट्याङकरबाट ईन्धन चोरी गर्दै गर्दा हेटौँडा ४ बस्ने बर्ष ६० को बद्री गुरुङ,सोहि स्थानका बर्ष ५१ को उत्तम श्रेष्ठ र जिल्ला भोजपुर भोजपुर नगरपालिका ११ घर भई हाल हेटौँडा ४ बस्ने बर्ष ४८ को बलराम सुनुवारलाई पक्राउ गरेको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।