वैशाख २- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङमा पुरुष क्रस कन्ट्रीमा आर्मीका ओकेशराज बज्राचार्य र महिलातर्फ प्रदेश तीनकी लक्ष्मी मगरले स्वर्ण जितेका हुन् ।

बाँकेको बैजनाथ गाउँपालिका गाभरमा भएको प्रतियोगितामा निर्धारित दूरी १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै ओकेशले स्वर्ण जितेका हुन् ।

त्यस्तै निर्धारित दूरी १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा पूरा गर्दै आर्मीकै हिमाल टमाटाले रजत जित्न सफल भए । गण्डकी प्रदेशका हिक्मत विकले १ घण्टा २६ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै काश्य पदक जित्न सफल भए ।

महिला स्पर्धामा प्रदेश तीनकी लक्ष्मीले स्वर्ण जित्न सफल भएकी हुन् । उनले निर्धारित दूरी १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गरेकी थिइन् ।

त्यस्तै निर्धारित दूरी १ घण्टा ३३ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै प्रदेश १ की उषा खनालले रजत जित्न सफल भइन् । प्रदेश तीनकी निर्जला ताम्राकारले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै काश्यमा चित्त बुझाइन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।