file photo

आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछाएको सनराइजर्स हैदरावाद १८.५ ओभरमा ११६ रनमा अलआउट भएपछि दिल्ली ३९ रनले विजयी हुदै सनसनीपूर्ण जित हासिल गरेको छ ।हैदरावादले आफ्ना अन्तिम ८ विकेट केबल १५ रन बनाउदा हुमाएको थियो । पहिलो विकेटका लागि ७२ रन बनाएको हैदरावादले दोस्रो विकेट ७८ रनमा गुमाएको थियो भने तेस्रो विकेट १०१ रनमा गुमाएको थियो । त्यसपछि थप १५ रन बनाउदा बाँकी सबै विकेट गुमाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले ५१ रन बनाए भने जोनी बैरस्ट्रवले ४१ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।हैदरावादको ब्याटिंग ध्वस्त गर्ने क्रममा दिल्लीका बलर कागीसो रबाडाले सर्वाधिक ४ विकेट लिए । रबाड़ाले ३.५ ओभर बलिङ गर्दै २२ रन दिएर ४ विकेट लिए । त्यस्तै क्रिस मोरिस र कीमो पाउलले ३-३ विकेट लिएका थिए । मोरिसले ३ ओभरमा २२ रन दिएर ३ विकेट लिए भने पाउलले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको हो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४५ रन बनाए भने कोलिन मुर्नोले ४० रन बनाए । त्यस्तौ रिषव पन्तले २३ रन बनाए भने अक्सर पटेलले १४ रन बनाए ।त्यस्तै पृथ्वी शाले ४, शिखर धवनले ७, क्रिस मोरिसले ४, रबाड़ाले २ र कीमो पाउलले ७ रन बनाएका थिए ।सनराइजर्स हैदरावादका बलर खलिल अहमदले सर्वाधिक ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिए । त्यस्तै अभिषेक शर्मा र राशिद खानले एक एक विकेट लिए ।

प्रतियोगितामा अहिलेसम्म खेलेका ८ खेलमा दिल्लीले ५ खेलमा जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने सनराइजर्स हैदरावादले ७ खेलमा ३ जित र ४ हारसहित छैठौ स्थानमा रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।