आइसिसी विश्वकप २०१९ को लागि भारतीय १५ सदस्यीय टोली घोषणा भएको छ। भारतीय क्रिकेट बोर्डले सोमबार घोषणा गरेको टोलीमा ऋशब पन्त र अम्बाती राइडू अटाउन सकेनन् भने दिनेश कार्तिक, विजय शंकर र रविन्द्र जडेजाले स्थान बनाएका छन्।

विश्वकप २०१९ इंग्ल्याण्ड र वेल्समा ३० मे देखि १४ जुलाईसम्म हुदैँछ। विश्वकप टोलीको घोषणा अन्तिम मिती २३ अप्रिलसम्म थियो।

सम्पूर्ण टोली:

विराट कोहली(कप्तान), रोहित शर्मा(उपकप्तान), शिखर धवन, केएल राहुल, विजय शंकर, एमएस धोनी, केदार जादव, दिनेश कार्तिक, यूभवेन्द्र चाहाल, कुलदीप यादव, भुवनेश्वर कुमार, जशप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।