वरिष्ठ सर्जक तथा लोकगायक स्व. प्रचण्डबहादुर बुढाथोकीको पार्थिव शरीरमा अन्तिम ७नतसद्धाञ्जलि व्यक्त गर्दै प्रदेश नं. ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी । बुढाथोकीको आइतबार साँझ निधन भएको थियो । तस्वीर ः मोहन पौडेल, रासस,परासी,

बैशाख २- वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहनुभएका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उहाँकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने उहाँका ज्वाइँ शेरबहादुर आचार्यले बताउनुभयो । दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने र त्रिवेणीघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
यो पनि पढ्नुहोस्

बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा हुनुहुन्छ । नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुुनुुहुन्छ । नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ । उहाँका एक दर्जन बढी गीत तथा कविता प्रकाशित छन् ।

-रासस

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।