आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु मैदान मलेसिया विरुद्ध खेल्दैछ।बायुमास ओभल मलैदानमा हुने खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ। यसअघिको दुवै खेलमा नेपालले टस हारेको थियो।

पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने युएईसँग डिएल मेथडमा १ रनले पराजित भएको थियो।

६ टोली सहभागि यस छनोटबाट एक टोली विश्वकपमा पुग्ने भएकाले नेपालको लागि आजको खेल जित्नैपर्ने अवस्था छ।लगातार दुई खेल जितेको कुवेत र युएई पहिलो र दोस्रो स्थानमा छ। नेपाल र ओमानले समान एक खेल जितेका छन् भने मलेसिया र सिंगापुर लगातार दुई खेल हार्दै अंकविहिन छ।शीर्ष दुईमा रहेका कुवेत र युएई पनि आजै खेल्दैछन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।