हेटौंडा २ बैशाख,मकवानपुरको मनहरी खराङ् नजिकै सवारी दुर्घटना हुदाँ गएराती एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा को ३४ प ७४९७ नबंरको मोटरसाईकल चालक विराटनगर घर भएका ३१ वर्षीया रविन्द्र कुमार पोदार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

मनहरीबाट हेटौंडा आउदै गरेको ना १ ज ४८६७ नबंरको सुमोले सोही दिसाबाट आउदै गरेको मोटरसाईकललाई ठक्कर दिदाँ पोदारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सुमोमा सवार १२ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचार मकवानपुरको चुरेहील अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवनपुरले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।