file photo

वैशाख २- मोरङमा रोकी राखेको बसमा आगो लगाउने व्यक्ति पक्राउ परेका छन ।मादकपदार्थ सेवन गरी बसमा सुतेका एक व्यक्तिले मोरङको उर्लाबारीमा बसमा सोमबार बिहान आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिनदेखि हल्ट गरिराखेको बसमा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीले आगजनी गरेका हुन् ।

३० वर्षीय माझीले रोकिराखेको ना ४ ख ४९ नम्बरको बसमा बिहान करीव साढे ३ बजे आगजनी गरेका थिए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार, पक्राउ गरिएका माझी स्थानीय एक होटलमा कार्यरत छन् ।

आइतबार राति होटलबाट निस्किएर माझी बसमै सुतेका थिए । राति सुतेको अवस्थामा लाइटर बालेर बसमा आगजनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।