इङलिश प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र मोहमद सलाहले एक एक गोल गरेका थिए ।पहिलो हाफ बिना कुनै गोलमा सकिएको खेलमा मानेले खेलको ५१औ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै सलाहले डी-बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै लिभरपुलका लागि दोस्रो गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल लिभरपुलले २-० ले जितेको थियो ।

यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा कायम रहेको छ । लिभरपुल ३४ खेलमा ८५ अंकसहित शिर्ष स्थानमा रहेको छ भने चेल्सी यस हारपछि अब चौथो स्थान गुमाउने सम्भावना रहेको छ । म्यानचेस्टर युनाइटेड भन्दा एक खेल बढी खेलेको चेल्सी ३४ खेलमा ६६ अंक रहेको छ भने ३३ खेल खेलेको युनाइटेडको ६४ अंक रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।