

बैशाख २- कलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ ‘प्रबल जनसेवा श्री’बाट सम्मानित भएका छन्।
नयाँ वर्षको अवसर राष्ट्रपति निवासमा भएको कार्याक्रममा हास्य कलाकार घिमिरेले राष्ट्रिपति विद्यादेवी भण्डारीका हातबाट सो पदक थापेका हुन्।पदक प्राप्त गरेपछि सोमबार घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा पदकबारे प्रतिक्रिया समेत व्यक्त गरेका छन्।
उनले आफूलाई विभूषण प्रदान गरेकोमा सरकारलाई धन्यवाद दिनुका साथै कर्तव्यपथमा लागिरहने प्रण समेत व्यक्त गरेका छन्।
सधैं यस्तै अलिकति निहुरिन पाउं । छाति तन्काएर कसैका सामु घमण्ड नगरुॅ ।सानो भईयो भने जता पनि अटाईन्छ ,ठुलो हुँदा कतै…
Posted by Kedar Prasad Ghimire on Sunday, April 14, 2019
‘सधैं यस्तै अलिकति निहुरिन पाऊँ। छाती तन्काएर कसैका सामू घमण्ड नगरुॅ। सानो भईयो भने जता पनि अटाईन्छ, ठूलो हुँदा कतै अटाईंदैन। त्यसेले सधैं सानै हुन पाऊँ। हँसाइरहन पाऊँ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रबल जनसेवा श्रीबाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद। कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।’
गतवर्ष घोषण गरिएको सो पदक नयाँ वर्षको अवसर पारेर प्रदान गरिएको थियो।
-नेपालखबरबाट
प्रतिक्रिया दिनुहोस्