राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रपति कार्यालयमा नेपाल सरकारको आव २०७४\७५को वार्षिक प्रतिवेदन पेश गर्दै । तस्वीर : रासस

बैशाख २- राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४्७५ वार्षिक प्रतिवेदन पेश गरे ।राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रपति कार्यालयमा नेपाल सरकारको आव २०७४्७५को वार्षिक प्रतिवेदन पेश गर्दै । तस्वीर स् रासस

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपति समक्ष पेश गर्नुपर्ने उल्लेख छ । त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्मा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवद्र्धन राज्यका निर्देशक सिद्धान्तहरूको अनुशरण तथा राज्यका नीतिको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ । संविधानको धारा ५२ मा उल्लेख छ ।

निर्देशक सिद्धान्तमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरि राख्दै नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानवअधिकारको मूल्य र मान्यतालगायत विषयवस्तुको सुनिश्चितता गर्नु राज्यको उद्देश्य हुनेछ ।

राष्ट्रिय एकता र सुरक्षा, राजनीतिक तथा शासन व्यवस्था, सामाजिक र सांस्कृतिक रूपान्तरण, अर्थ, उद्योग र वाणिज्य, कृषि तथा भूमि सुधार, विकास, प्राकृतिक साधन स्रोतको संरक्षण सम्बद्र्धनसम्बन्धी नीतिलगायत विषयवस्तु राज्यका नीतिमा पर्दछन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसद्मा एक समिति रहने छ । उक्त विषयमा लेखिएका कुनै पनि कुरा कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने पनि संविधानमा उल्लेख छ ।

समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल उपस्थित थिए ।
रासस

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।