हेटौँडा,२ बैशाख ।
नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिकाले सरकारलाई १२ बुँदे सुझाव दिएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको अयोजना गरि नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका अध्यक्ष सुनिल गिरिले सरकारले देशमा अराजकता निम्त्याउन खोजेको आरोप
लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गिरिले सरकारले नागरिकताको विषय, सिमा सुरक्षाको विषय, विदेशी हस्तक्षपको विषयमा केहि नबोलेको बताए । नागरिकताको विधेयकलाई समेत गलत ढंगबाट प्रयोग गरेको उनको भनाई रहेको छ ।

नेपालमा धर्म परिवर्तनको समस्या निकै भएको भन्दै सरकारले यसलाई समेत नियन्त्रण गर्न नसकेको बताए । निर्मला हत्याकाण्ड, वाईडबडी काण्ड, मेलम्ची घोटलाको विषयमा समेत सरकार मौन रहेको उनले आरोप लगाए । ३३ किलो सुन, ललिता निवास जग्गा प्रकरण, विप्लव पार्टी प्रकरण लगाएतको विषयमा समेत सरकार मौन हुनु शंकाको विषय भएको बताए ।  सरकारले यि विषयहरुमा समेत ध्यान नदिए आफुहरु आन्दोलन गर्न वाध्य हुने समेत उनको भनाई रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।