२ बैशाख,जुडशितल पर्वको अवसरमा प्रदेश नबंर २ को सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख सोमबार प्रदेश नबंर २ मा विदा दिने निर्णय भएको उल्लेख छ।
मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।
प्रतिक्रिया दिनुहोस्