नेपालीहरुले बेलाबेलामा भन्ने गरिन्छ ‘मुलुक वृद्धाश्राम बन्दैछ’ । यसको अर्को अर्थ युवा पुस्ताको तुलनामा वृद्धवृद्धाहरुको अधिक संख्या हुनु भन्‍ने पनि हुन्छ । संयुक्त राष्ट्र संघको एक तथ्यांकका अनुसार इतिहासमा पहिलो पटक विश्‍वमा बालबालिकाको तुलनामा वृद्धवृद्धाहरुको संख्या अधिक रहेको पाइएको हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको संख्याभन्दा ६५ वर्षभन्दा माथिमा वृद्धवृद्धाहरुको संख्याभन्दा निकै बढी भएको उक्त तथ्यांकले देखाएको छ ।

अहिले विश्वमा ६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाहरुको संख्या करिब ७० करोड ५० रहेको छ भने पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या करिब ६८ करोड रहेको छ ।

उमेर समूहको अन्तर बढ्दै
वृद्धवृद्धा र बालबालिकाबीचको संख्यात्मक दूरी अन्तरमा आएको वृद्धिलाई आधार मानेर हिसाब गर्ने हो भने सन् २०५० सम्ममा पाँच वर्ष मुनिका एक बालबालिका भन्दा वृद्धवृद्धाहरुको संख्या दोब्बर हुनेछ । जनसंख्यिक अध्ययनकर्ताहरुले यो तथ्यांकलाई दशकौंदेखि अध्ययन गरिरहेका छन् । उनीहरुका अनुसार बालबालिका र वृद्धवृद्धाहरुबीचको अन्तर बढ्नुको कारण मानिसहरु लामो समय बाँच्‍ने र थोरै सन्तान जन्माउने चाहना राख्‍नु रहेको छ ।

वासिङ्टन विश्वविद्यालयको स्वास्थ्य सुधार तथा मूल्यांकन विभागका निर्देशक क्रिस्टोफोर मुरे भन्छन्, ‘ यदी कुनै पनि समाजमा थोरै बालबालिका र अधिका वृद्धवृद्धाहरु भयो भने विश्वव्यापी समाजलाई नै अस्थिर बनाउँछ ।’

मुरेका अनुसार विश्वमा आधाभन्दा धेरै देशहरुले बेबी बुस्ट ( जन्मदरमा कमी आउनु ) को समस्या झेलिरहेका छन् । जसले गर्दा जनसंख्याको आकार मिलाउन र विश्वव्यापी समाजलाई स्थिर राख्न बालबालिकाको संख्यामा निकै कमी आउने गरेको मुरेको विश्लेषण छ ।
उनी भन्छन्, ‘ सोच्नुस त यदी बालबालिकाको तुलनामा वृद्धवृद्धाहरुको संख्या अधिक भयो भने समाजका लागि आर्थिक तथा समाजिक परिणाम कस्तो निस्किन्छ । पक्कै पनि सकारात्मक हुँदैन ।’

विश्व बैंकका अनुसार सन् १९६० मा विश्वमा प्रजननदर पाँच सन्तान प्रति महिला रहेको थियो । तर, करीब ६० वर्षपछि प्रजनन दर घटेर आधार २।४ बालबालिका प्रति महिला रहेको छ । यही ६० वर्षको अवधिमा सामाजिक अर्थतन्त्रमा पनि निकै बदलाव आएको छ । सन् १९६० मा मानिसहरुको सरदर आयु ५२ वर्ष थियो भने सन् २०१७ को तथ्यांक हेर्दा ७२ वर्ष पुगेको छ ।

यसको अर्थ वृद्धवृद्धाहरुको बढ्नुको कारण के हो भने मानिसहरुको सरदर आयु बढ्दै गयो र जति उमेर बढ्दै गयो त्यही अनुसार श्रोतसाधनको उपभोग अत्यधिक माग बढ्यो । जसको प्रत्यक्ष दबाब पेन्सन र स्वास्थ्य प्रणालीमा पर्‍यो ।

विकसित मुलुकमा यो वृद्धवृद्धाहरुको संख्या निरन्तर बढीरहेको छ । त्यहाँ जन्मदर निकै डरलाग्दो रुपमा घटीरहेको छ । विशेष गरी आर्थिक कारणले गर्दा जन्मदरमा कमी आएको छ भने बाल मृत्युदर घटीरहेको छ । विभिन्न अस्थायी साधनको बढ्दो प्रयोग र सन्तान हुर्काउन निकै खर्चिलो भएका कारण पनि जन्मदर घटिरहेको छ ।

विकसित मुलुकहरुमा ढिलो उमेरमा विवाह गर्ने र एक वा धेरैमा दुई सन्तान जन्माउने ट्रेन्ड बढीरहेको छ । उच्चस्तरको जीवनशैलीले गर्दा त्यहाँका मानिसहरुको धेरै बाँच्ने गरेका छन् । जसको उत्कृष्ट उदाहरणको रुपमा जापानलाई लिन सकिन्छ । जापानमा मानिसको सरदर आयु ८४ वर्ष रहेको छ । जुन विश्वमै सबभन्दा धेरै ओषत आयु भएको मुलुक हो । सन् २०१८ को तथ्यांक अनुसार जापानमा वृद्धवृद्धाहरुको संख्या २७ प्रतिशत छ । यो संख्या पनि विश्वमै सबभन्दा धेरै हो । संयुक्त राष्ट्र संघका अनुसार पाँच वर्षभन्दा मुनिमा बालबालिको संख्या ३।८५ प्रतिशत रहेको छ ।

यस्तो किसिमको दोहोरो चुनौतीले जापानी अधिकारीहरु दशकौंदेखि चिन्तित छन् । अघिल्लो वर्ष जापान सरकारले ६५ देखि ७० वर्षको उमेरमा अनिवार्य अवकाश लिनुपर्ने प्रावधानको घोषणा गरेको थियो । यो प्रावधान लागु भएसँगै विश्वमा नै सबभन्दा ढिलो उमेरमा सेवाबाट अवकाश लिने मुलुकको रुपमा जापानलाई मानिन्छ ।

जनसांख्यिक असन्तुलनले विकासशील राष्ट्रहरुमा पनि डरलाग्दो स्थिति सिर्जना गरिदिएको छ । चीनमा ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धाहरुको संख्या १०।६ प्रतिशत रहेको छ । जुन जापानभन्दा निकै कम हो । चीनमा सन् १९७० पछि जन्मदर घटाउन परिवार नियोजनमा विषयमा कडा कानून ल्याइएको छ । यो कानून ल्याएसँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकमा प्रजनन दर १.६ बालबालिका प्रति महिला रहेको छ । हाल चीनमा पाँच वर्षभन्दा मुनिका बालबालिका त्यहाँको कुल जनसंख्याको ६ प्रतिशतमात्र रहेको छ ।
बालबालिको संख्या र गुणस्तरीय जीवनशैली

बालबालिकाको संख्या र गुणस्तरीय जिवनशैलीका लागि अफ्रिकी मुलुकहरुलाई उत्कृष्ट उदाहरणका रुपमा लिन सकिन्छ । त्यहाँ प्रजनन दर उच्च रहेको छ । नाइजेरीय, विश्वकै बढी प्रजनन दर भएको मुलुक हो । जहाँ एक महिलाको प्रजनन दर ७.२ बालबालिका रहेको छ । त्‍यहाँ शिशु मृत्युदर पनि विश्वमा नै उच्च रहेको छ । हरेक एक हजार जीवित शिशुमा ८५ शिशुको मृत्यु हुने गरेको छ ।

जनसांख्यिक रुपमा हेर्ने हो भने प्रजनन दर २.१ प्रति महिला निकै राम्रो मानिन्छ । जनसंख्याका अध्यताहरुले प्रजनन दर २.१ प्रति महिलालाई म्याजिक जादू नम्बर संज्ञा दिएका छन् । जनसंख्यालाई सन्तुलनमा ल्याउनका लागि २।१ प्रजनन दर हुन आवश्यको रहेको जनसंख्याका अध्यताहरुको सुझाव छ ।

अध्यताहरुका अनुसार जुन मुलुकमा शिशु मृत्युदर उच्च छ त्यहाँ प्रजननदर २।३ हुनपर्दछ । जहाँ जन्मदर कम छ, ती मुलुकको जनसंख्या विस्तारै खुम्चिरहेको छ । एक अपवादका रुपमा रूसलाई लिन सकिन्छ । त्यहाँ जन्मदर १।७५ प्रति महिला रहेको छ । अबको केही दशमा यही रुपमा जन्मदर रहिरहने हो भने जनसंख्यामा निकै कमी आउने देखिन्छ ।

सं‌युक्त राष्ट्र संघको जनसंख्‍या विभागका अनुसार रूसको जनसंख्या यही रुपमा रहने हो भने सन् २०५० सम्ममा १४ करोड ३० लाखबाट घटेर १३ करोड २० लाखमा आउने छ ।

आर्थिक असर
जनसंख्या घटनु र वृद्धवृद्धाहरुकव संख्या बढ्नुको अर्थ काम गर्ने योग्य र दक्ष जनशक्तिमा कमी आउनु हो । जसले गर्दा आर्थिक उत्पादकत्वमा ह्रास ल्याउँछ । परिणामस्वरुप समग्र मुलुकको विकासमा बाधा पुर्‍याउँछ । सन् २०१८ को नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी ४० वर्षमा जापानको अर्थतन्त्रमा २५ प्रतिशत ह्रास आउने तथ्यांक प्रस्तुत गरेको थियो । यसको मुल कारण भनेको काम गर्नसक्ने युवा शक्तिको कमी र वृद्धवृद्धाहरुको संख्यामा भइरहेको निरन्तर वृद्धि भएको कोषले देखाएको छ ।

अक्सपोर्ड इन्स्टिच्यू वृद्धवृद्धा जनसंख्या विभागका निर्देशक जर्ज लीसन भन्छन्, ‘ असन्तुलित जनसंख्याले हाम्रो जीवनको हरेक पक्षमा असर पुर्‍याउँछ । एक पटक आफ्नो घरको झ्यालबाट बाहिर सडकमा हेर्नुहोस्, सडक छेउमै उभिएका महल हेर्नुहोस्, त्यही सडकको ट्राफिक र उपभोग्य सामग्रीको बिक्रि वितरण हेर्नुहोस् । यी सबै कुरा जनसांख्यिकले निर्देशित गर्छ ।’

यस विषयमा सम्बन्धित मुलुकको सरकार गम्भीर हुन जरुरी छ । यजिङ टाइम(बम ९ जनसांख्यिक असन्तुलन ० लाई निस्क्रिय पार्न सरकारले विशेष नीति तथा योजनाहरु तर्जुमा गर्न आवश्यक छ । र केही मुलुकहरुले यस विषयमा नीति तय पनि गरेका छन् । जुन खुशीको कुरा पनि हो ।

चीनले आफ्‍नो एक(सन्तानको नीतिलाई सन् २०१५ मा संशोधन गरेको थियो । र सन् २०१८ मा गरेको संशोधन अनुसार २०२० मा जन्मदरमा लगाइएको नियम फुकुवा गर्ने योजना रहेको छ । सन् २०१८ को तथ्यांक हेर्दा चीनमा १ करोड ५२ लाख शिशुले जन्म लिएका थिए । जुन ६० वर्ष यताकै सबभन्दा कम भएको जनाइएको छ ।

बच्चा जन्माउनु परिवारको मात्र विषय नभएर राष्ट्रिय बहसको विषय बनिसकेको छ । चीनको जनसंख्यामा कमी आउनुको कारण महिलाको प्रजनन उमेर, परीवारका महत्वाकांक्षी योजनाहरु र अन्य आर्थिक कारण रहेको जनाइएको छ । विशेष गरी घरमा शिक्षित महिलाले जनसंख्या घट्नुको मुख्य भूमिका रहेको जनाइएको छ ।

जनसंख्या क्षेत्रका विज्ञहरुका अनुसार स्वास्थ्य क्षेत्रमा बनाइएका नीति तथा योजनाहरुले वृद्धवृद्धाहरुको संख्या पार्ने असर कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको अर्थ के हो भने एक स्वस्थ व्यक्तिले लामो समय कामलाई निरन्तरता दिन सक्छ जसले गर्दा स्वास्थ्य क्षेत्रमा पनि खर्च कम लाग्छ ।

अन्तर्राष्ट्रिय मजदूर संगठनको तथ्यांकका अनुसार विश्वव्यापी लेबर मार्केटमा महिलाहरु पुरुष भन्दा २५ प्रतिशत कम सहभागी भएको पाइएको छ । सन् २०१८ को तथ्यांकका अनुसार कार्यक्षेत्रमा ४८.५ प्रतिशत महिला सहभागिता रहेको छ ।
आइएलओका अर्थशास्त्री इकेहार्ड अर्नेस्ट भन्छन्, ‘गरिबी न्यूनीकरणका लागि कार्यक्षेत्रमा महिलाको सहभागिताको वृद्धिले महत्वपूर्ण भूमिका खेल्छ ।’

बीबीसीबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।