वागमती १ बैशाख । पुर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नंबर २ बाट रौतहटको क्यान्टीनसम्म सञ्चालन हुने मोटरबोटको आज परिक्षण गरिएको छ । प्रतिनिभिसभा सांसद कृष्णप्रसाद दाहालले आज मोटरबोट परिक्षणको शुभारम्भ गरेका हुन् ।

आज सफल परिक्षण भएको मोटरबोट अब केहि दिनमानै नियमति गर्ने तयारी गरिएको छ ।राईगाउँबाट क्यान्टिनसम्म जानको लागि मोटरबोटबाट सहज हुने र सामन ओसारपसारको लागि समेत सहज हुने भएपछि स्थानीयहरु खुसी भएका छन् ।

प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति दाहालले यो वर्षको बजेटबाट मोटरबोटको शुभारम्भ गरेका हुन् ।कार्यक्रममा प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी, वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखे लगाएतको उपस्थिती रहेको थियो ।सांसद विकास कोषमा रहेको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्ग खर्च गरिने योजना बाट रु २० लाख खर्च गरी जलमार्ग को निर्माण गरिएको हो । मकवानपुरको राईगाउँ देखी रौतहटसम्म करीब ७ किलोमिटर लामो पर्यटन जलमार्ग निर्माण गरिएको हो ।

भिडियो :

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।