Southern Cassowary

बैशाख १- अमेरिकामा घर पालुवा चराको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।फ्लोरिडा राज्यमा ७५ वर्षीय मार्भिन हाजोसको चराको आक्रमणबाट मृत्यु भएको हो।

घर पालुवा उड्न नसक्ने कासोवारी प्रजातिको चराले उनलाई आक्रमण गरेको हो।चराको आक्रमणबाट गम्भिर घाइते भएका मार्भिनलाई अस्पताल लगिएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ।

हाजोसको श्रीमतिका अनुसार उनले उक्त चरालाई निकै माया गर्थे।हाजोसलाई आक्रमण गर्ने कासोवारी चरा ठूलो आकारको हुन्छन्। यस चरा उड्न सक्दैन। तर प्रतिघन्टा ५० किलोमिटरको रफ्तारमा कुद्नसक्छ।

यस चरा पाल्नका लागि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने जनाइएको छ।

एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।