बैशाख १- विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ । ३ सय ८५ फिट लम्बाई भएको यो विमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको बताइएको छ ।

यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्ट्रेटोलन्च नामक कम्पनी अन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो बिमानले पहिलो उडान भरेको हो ।

 

अन्तरिक्षमा सेटेलाइट छोड्नुअघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ । यो परियोजना सफल भएको खण्डमा अन्तरिक्षमा कुनै सामान पठाउन रकेट पठाउनभन्दा सस्तो र सुलभ हुने बताइएको छ ।

पहिलो उडानमा नै यो विमान १५ हजार फिटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको थियो ।
एजेन्सी