हेटौँडा,३० चैत्र ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मा रहेको तुलसी मेहर मेमोरिय आवासीय माविमा यो शैक्षिक सत्रबाट विद्यार्थीहरुको लागि विभिन्न नयाँ विषयहरु थप गरिएको छ ।

गत वर्षको एसइइमा यसै विद्यालयमा अध्ययन गर्ने अरविन्द कुश्वाहले जिल्लामा प्रथम स्थान हाँसिल गरेपछि विद्यालयको बारेमा थप चर्चा भएको थियो ।
यसै सन्र्दभमा खबरब्रेकले विद्यालयका प्रमुख रघुनाथ खरालसँग कुराकानी गरेको छ ।

विद्यार्थीहरुले तुलसीमेहरलाईनै रोज्नुको कारण के हो ?

खराल : हामीले पछिल्लो केहिवर्षबाट विद्यालयलाई मकवानपुरकै सर्वोत्कृष्ट बनाउनको लागि दिनरात मेहनत गरिरहेका छौ । विद्यार्थीहरुको शिक्षा तथा अतिरिक्त क्रियाकलाप दुबैलाई उत्कृष्ट बनाएका छौ । जस्को परिणाम गत वर्षको एसइइमा हाम्रो विद्यालयमा अध्ययन गर्ने छात्र अरविन्द कुश्वाहले जिल्ला प्रथम भएर दिएका छन् ।
यसभन्दा बाहेका हामीले विद्यार्थीहरुलाई शैक्षिक वातावरण निर्माण गरेका छौ भने विद्यालय हाताभित्रनै छात्र तथा छात्रा होस्टलको समेत ब्यवस्था गरेका छौ । विद्यार्थीको लागि हेटौँडाको सम्पूर्ण क्षेत्रमा पुग्ने गरि यातायातको साधनको ब्यवस्थापन गरेका छौ ।
यो वर्षबाट हामीले मकवानपुर जिल्लामानै पहिलो पटक सस्कृत विषयलाई अनिवार्य बनाएका छौ । हामीले कक्षा २ बाट ५ सम्म सस्कृत तथा २ बाट १० सम्म संगित विषय पनि थपेका छौ । तुलसीमेहर पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि जिल्लामा सर्वोत्कृष्ट हुँदै आएको छ ।

आउँदो शैक्षिक वर्षमा के कस्ता नयाँ योजनाहरु छन ?

खराल :हामीले आउँदो शैक्षिक सत्रबाट विज्ञान विषयमा प्लस टु पढाउने कामको सुरुवात गर्नेछौ । हामीले उद्घोष गरे बमोजिम सस्कृत तथा संगितको पनि पढाई हुनेछ । प्रत्येक कक्षामा अब आधुनिक प्रविधिको प्रयोग हुनेछ भने यहा पढने विद्यार्थीको अभिभावको मोवाईलमा उनीहरुको छोराछोरीको पढाईको अवस्था तथा रिजल्ट समेत जाने ब्यवस्था गरेका छौ । जसले गर्दा अविभावक समेत सचेत हुनेछन् । विद्यार्थीका अभिभावकहरुले विद्यालयमानै आएर फि बुझाउनुपर्ने वाध्यताको अन्त्य गर्दै इ सेवा तथा बैंकबाट सिधै फि बुझाउन सकिने समेत ब्यवस्था गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

विद्यार्थी तथा शिक्षकहरुको क्षमता विकासको तालिम तथा भ्रमणको ब्यवस्था छ कि छैन ?

खराल : अहिलेको समय भनेको प्रत्येक दिन नयाँ प्रविधिको विकास हुने समय हो । हामीले यो समय अनुसार शिक्षकलाई प्रविधिमैत्री वनाउने तालिमहरु, उनीहरुलाई मोटिभेसन तथा विद्यार्थीलाई अवलोकन भ्रमण तथा विभिन्न विषयमा कार्यशालाहरु सञ्चालन गर्नेछौ ।