३० चैत,राजपाल यादव, आर्यन अधिकारी , निता ढुङ्गाना, एन्जल श्रेष्ठ, दया शंकर पाण्डे लगायत कलाकार अभिनित चलचित्र ‘कड्के कमाल के’ को ट्रेलर सार्वजनिक भएको छ ।

हिन्दी र नेपाली दुबै भाषा समेटेर बनाइएको कड्के कमाल के को ट्रेलरमा पैसा कमाउन कै लागी निम्न वर्गका दुइ साथीहरुको यात्रा र हर्कतलाई देखाइएको छ ।

बलिउडका  चर्चित कमेडी आर्टिस्ट राजपाल यादवले अभिनय गरेको यस चलचित्र भारत र नेपालका बिभिन्न ठाउँमा छयाङ्कन गरिएको छ । कलाको न कुनै जात न कुनै भाषा भन्ने कुरालाई सम्मान गर्दै भारत र नेपालको परिवेश, भाषा र कलाकर समेत एक साथ लिएर बनाइएको चलचित्र पुर्णतया मनोरन्जनात्मक देखिन्छ ।

चलचित्र मे २४ अर्थात जेठ १० गते भारतीय र नेपाली दुबै देशको सिनेमा हलहरुमा प्रदर्शन हुने जनाईएको छ ।लक्ष्मण सिंहको निर्देशन रहेको चलचित्रमा निर्माता ऐत्वरी सिंह रहेका छन् ।

हेर्नुहोुस् यस्तो छ ट्रेलर :

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।