चैत ३०- पोखरा महानगरपालिका– २५ हेम्जामा आयोजित आलु महोत्सवमा रु १५ लाख ६० हजारको आलु बिक्री भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ आयोजित महोत्सवमा शुक्रबारसम्म लगभग ३७ हजार दर्शकले अवलोकन गर्नुका साथै सो रकमको आलु खरीद गरेका थिए ।

विष्णुपादुका खेलमैदानमा आयोजित महोत्सवको आकर्षणकोरुपमा रहेको आलुको पहाडमा अहिले पनि खरीद बिक्रीको भीड लाग्ने गरेको संयोजक कृष्णबहादुुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शकले महोत्सवमा आलुका विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी, कृषि झाँकी, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शन गरिएको छ ।

यही चैत २२ गतेदेखि सञ्चालन भएको महोत्सव आइतबारसम्म सञ्चालन रहने छ ।
रासस

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।