फाईल तस्विर

चैत ३०- प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा.` राजन भट्टराईले यस्तो जानकारी दिएका हुन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने,‘प्रधानमन्त्री ओलीज्यू छिट्टै युरोप र एशियाली भ्रमणमा निस्किँदै हुनुहुन्छ ।’ उनले मित्रराष्ट्र भारतमा हाल भैरहको लोकसभाको निर्वाचनले नेपाल–भारत सम्बन्धमा कुनै असर नपर्ने जिकिर गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनेको उनको भनाई छ । आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध झनै प्रगाढ र सुमधुर बन्ने आफूहरुको विश्वास रहेको उनको भनाई छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।