हेटौँडा,३० चैत्र ।
गत श्रावण २३ गते आगलागीबाट क्षति पुगेको ओम्याक्स सिनेमा हल पुन सञ्चालन हुने भएको छ । मह सञ्चारको चलचित्र “दाल भात तरकारी” सँगै बैशाख २० बाट चलचित्रहल सञ्चालनमा आउने भएको हो ।

आगलागीबाट पूर्ण रुपमा क्षति भएको चलचित्र हललाई थप ब्यवस्थित तथा नयाँ टेक्नोलोजि सहित सुरु हुन लागेको हलका सञ्चालक तथा चलचित्र निर्मता एवम् चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले खबरब्रेकलाई जानकारी दिए ।
करिब ३ करोडको लगानीमा हललाई पुर्ण रुपमा नयाँ प्रविधिसहित निर्माण गरिएको उनले बताए । थ्रि डि तथा एडभान्स साउण्डसिस्टम सहित हल सञ्चालनमा आउन लागेको उनको भनाई रहेको छ ।

तीन सय ८५ जनाको क्षमता रहेको हलमा आरामदायी सिटहरु, दर्शकको चाहाना अनुसार थप ब्यवस्थीत गरिएको हलका ब्यवस्थापक प्रविन केसीले बताए ।