घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ।उत्कृष्ण कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री दिने निर्णय गत असोजमा भएको थियो।

करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।उनको नाम विभूषण पाउनेको सूचीबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दासमेत दायर गरिसकेको छ।