नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले दलहरुप्रति राजनीतिक दलकै व्यवहार गर्न सुझाएका हुन् ।

उनले सरकारले नेत्र विक्रम चन्दलाई अनावश्यक रुपमा माथि उठाएको टिप्पणी गरे । उनले कम्युनिष्टको सरकारले कम्युनिष्टहरुलाई नै दमन गर्ने गरेको भन्दै असन्तुष्टी जनाए । कृष्णदास फाउन्डेसनले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।