
भक्तपुर, चैत २९ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले अन्तरप्रदेश परिषद्ले संघीयता कार्यान्वयनको सहजीकरणका लागि बनाएको कार्ययोजना संघीय मन्त्री र सचिवहरुले नै कार्यान्वयन गर्न नदिएको आरोप लगाएका छन् ।
भक्तपुरको रफत सन्चार क्लबले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राईले अन्तरप्रदेश परिषद् बैठकको २९ बुँदे कार्यायोजना संघीय मन्त्री र सचिवहरुकै कारण सफल हुन नसकेको टिप्पणी गरे ।उनले कार्ययोजना कार्यान्वयन भएमात्र प्रदेश सरकारले सहज र तीव्रगतिले काम गर्नसक्ने बताए ।
प्रदेशको नामकरण र राजधानीको विषय केन्द्रले टुंगाउन नसकेको र प्रदेशको थाप्लोमा भार थोपरी दिएकाले केही विलम्ब भएको उनको भनाइ थियो ।मुख्यमन्त्री राईले १ नम्बर प्रदेशको नामाकरण र राजधानी नयाँवर्षको पहिलो हप्तामा नै घोषणा गर्ने तयारीमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्