यू-१९ विश्वकप क्रिकेट छनौट अन्तर्गतको एशिया स्तरको क्वालिफायरको पहिलो खेलमा नेपाली यू-१९ टिमले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ ।नेपालको यू-१९ टिम ४६ ओभरमा अलआउट हुदै २८२ रन बनाएको छ । नेपालले ४६औ ओभरमा ३ विकेट गुमाएपछि २८२ रनमा समेटिएको हो ।  टस हारेर पहिला ब्याटिंग गरेको नेपाली टिमका लागि रोहितले उत्कृष्ट ब्याटिंग गरेका छन् । रोहितले १०५ बल खेल्दै आफ्नो ९५ रन बनाएर आउट भएका छन् । उनले आफ्नो पारीमा ७ चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै नेपालका लागि रशिद खान ४८ रन बनाएर आउट भए भने पवन सराफले ४७ रन बनाए । त्यस्तै भीम सार्कीले २६ रन बनाए भने अहिले कमल सिंह ऐरीले ३१ रन बनाए । त्यस्तै कुशल मल्लले १०, असिफ सेख ८ र रित गौतम १ रनमा आउट भएका थिए । त्यस्तै सन्दीप जोरा शुन्य रनमा आउट भएका थिए ।

सिंगापुरका बलर अथर्व गुनेले ४ विकेट लिए भने राओल शर्मा र विनित मेहताले २-२ विकेट लिएका थिए । यस छनौट प्रतियोगिताको विजयी टिम एशिया क्षेत्रबाट विश्वकपका लागि छनौट हुने छ । नेपालले दोस्रो खेल अप्रिल १३ मा युएईविरुद्ध खेल्ने छ । त्यस्तै अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग खेल्ने छ भने अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।