चैत २९- नेपालको मोबाइल सेवा विश्वकै महँगो भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आफ्नो ५६ औं वार्षिक प्रतिवेदनमा नेपालको मोबाइल सेवा विश्वकै महँगो भएको उल्लेख छ।

विश्वभर दूरसञ्चार सेवा प्रदायकको नाफा २४ देखि ३७.८ प्रतिशतसम्म रहेकोमा नेपालका सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायक कम्पनीले अत्यधिक नाफा कमाउने भएकाले प्रयोगकर्ताहरु मारमा परेको पनि उल्लेख छ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये नेपाल टेलिकमले ५८ र एनसेलले ६२ प्रतिशत नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ।