हेटौँडा,२८ चैत्र ।
लागु औषध गाँजा सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ६४ किलो गाँजा सहित भारत विहारका समिर अहमतलाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ बाट विहारको विआर ०४ वि ००४१ नंबरको टाटासुमो पनि पक्राउ गरेको छ ।