हेटौँडा,२८ चैत्र
राप्रपा मकवानपुरले आज हेटौँडा उपमहानगरपालिका सहित मकवानपुरका सबै गाउँपालिकामा धर्ना दिएका छन् ।
हिन्दुराष्ट्र सहित राजतन्त्र पुनसस्थापनाको माग गर्दै आज राप्रपाले हेटौँडा उपमहानगरपालिका सहित मकवानपुरको सबै स्थानीय तहमा धर्ना गरेको हो ।

राप्रपाले राजसस्थाको विषयमा सर्वपक्षिय गोलमेच समेलन गर्नुपर्ने, संघियताको विषयमा जनमत सग्रहगर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नुपर्ने लगायतका २२ बुदे माग राख्दै आन्दोलनरत छ । आफ्ना मागको सुनुवाई नभए सम्म आन्दोलन जारी राख्ने राप्रपा मकवानपुरले जनाएको छ ।
धर्ना कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष मधु अधिकारी, राप्रपाका नेता सिताराम बतौला लगायतका नेता तथा कार्यकर्ताहरु रहेका थिए ।