काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनबीच बिहिबार संयुक्त बैठक बसेको छ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा बसेको बैठकमा वैशाखको अन्तिम साता वा जेठ १० गतेभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव त्रिविले राखेको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले बताउनुभएको छ ।

निर्धारित समयमा निर्वाचन नहुँदा नयाँ पुस्ता माथि घोर अन्याय भएको भन्दै प्रस्ताव आएको छ । स्ववियुमा देखिएका एकाध विकृति समेत हरेक दुई–दुई वर्षमा हुने निर्वाचनले हल गर्दै जाने हुँदा समयमै निर्वाचन गरी विद्यार्थीको बलिदानी पूर्ण संघर्षबाट स्थापित स्ववियुको जगेर्नामा जुट्नु नै आजका विद्यार्थी संगठनहरुको प्रधान दायित्व रहेको उपाध्यक्ष आचार्यले बताउनुभयो।

बैठकमा अखिल क्रान्तिकारीका सुरेन्द्र बस्नेत, विजय गौतम, अखिल(छैठौं)का विमल पोखरेल, नेक्राविसंघ, वैद्य , विप्लव, क्रान्तिकारी, नयाँ शक्ति, संघीय समाजवादी विद्यार्थी संगठनलगायतको उपस्थिति रहेको थियो ।

from : janatasamachar