तस्वीर गुगल

यौन मानिसको अभिन्न अंगको रुपमा रहेको हुन्छ । यौनसम्पर्कमा आनन्द नआएमा त्यसलाई सफल मान्न सकिन्न । यौन आनन्द प्राप्तिका लागी सबै मानिसहरुले एकैनासले यौन क्रियाकलाप गर्नुपर्छ भन्ने पनि छैन । सबै मानिसको यौन आनन्दको तरिका, समय, विधि फरक फरक हुन सक्छ । कसैले यौनको सामान्य आनन्द मात्र लिन्छन भने कसैले चरम आनन्द प्राप्त गर्छन । यौन सन्तुष्टिको मात्रा हुने गर्छ ।

चरमसुख वा अर्गेजम प्राप्त गर्नका लागी दुवैजनाको बराबर भुमिका हुनु एकदमै जरुरी छ । हाम्रो समाजमा यौन शिक्षा वा ज्ञानको कमिले गर्दा धेरै जसो जोडिहरु चरमसुख प्राप्त गरिरहेका हुँदैनन । यौनसम्पर्कमा चरमसुख पाउनका लागी के के कुरामा ध्यान पुर्याउने भन्ने बारे पनि मानिसहरु हेक्का राख्दैनन फलस्वरुप जिबनमा अनेकौं झन्झट, समस्याहरु उत्पन्न हुने गरेका छन ।

पहिलो यौनसम्पर्कमै चरमसुख प्राप्त हुन्छ भन्ने छैन । लगातार रुपमा केही समयपछी चरमसुख पाउन सकिन्छ । त्यति मात्र नभई केही यौन शिक्षा वा ज्ञान समेत हुन जरुरी छ ।

अब जानौं चरमसुख प्राप्त गर्ने केही तरिकाहरु ।

१. फोर प्लेमा प्रयाप्त समय बिताउनुहोस ।

२. कामउत्तेजक अंगहरु खेलाउनुहोस ।
आफ्नो शरीरलाई कडा नबनाउनुहोस, हलुका छोड्नुहोस । लामो — लामो सास लिनुहोस ।

३. फरक फरक आसन अपनाउनुहोस ।
यौन सम्पर्कको बेलामा सँधै एकै आसन वा पोजिसनको प्रयोग नगर्नुहोस । यसले यौनमा निरासा पैदा गर्न सक्छ । हरेक पटकमा नयाँ नयाँ आसनहरुको प्रयोग गर्दा यौन क्रियाकलाप बढि रोमाञ्चित बन्न पुग्छ । यसो गर्दा अर्गाजममा पुग्न पनि सजिलो हुन्छ ।

४. शरीरलाई लिप्त बनाउनुहोस ।
यौन क्रियाकलाप गर्नु भन्दा पहिले कुनै पनि मानसिक चिन्ता, तनाब, आदि लिनु हुँदैन । कुनै काम, हतार आदिको अवस्था पनि हुनु हुँदैन । यौनक्रियाकलापको समय पुर्ण रुपमा यौनमै बिताउने प्रण गर्नुहोस । शारीरिक तनाब, थकान आदि छ भने हलुका मसाज बाट यौन क्रियाकलाप सुरु गर्नुहोस ।

५. स्वास्थ्य परिक्षण गराउनुहोस ।
माथिका कुराहरु प्रयोग गर्दा समेत अर्गाजममा पुग्न सक्नुभएन भने एक पटक चिकित्सकको सहायता लिनु आवश्यक पर्छ । यौनसम्पर्कमा अर्गाजम प्राप्त नहुँदा सम्बन्धमा धेरै समस्या पनि उत्पन्न हुन सक्छ । आपसमा मनमुटाव, झगडा उत्पन्न हुनुका साथै वैवाहिक जिवनमा खतरा समेत उत्पन्न हुन सक्छ ।

यौन हरेक दम्पतीको अभिन्न भाग हो । यसलाई हेलचक्राई नगर्नुहोस । सफल रुपमा यौन समय बिताउनुहोस । newspolar बाट