हेटौँडा,२७ चैत्र ।
मकवानपुरको हेटौँडामा आज तीन विषयले महत्वपूर्ण स्थान पाएका छन् । आज रेडियो बुलेटिनले गरेको कार्यक्रममा प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले चप्पल लगाएर आउनेसँग घुस माग्ने अनि विप्लभलाई चन्दा दिने भन्नै दिएको अभिब्यक्तिले निकै चर्चा पायो ।
त्यसैगरी आजै उक्त कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २५ मिटर भत्काउने विषयमा दिएको अभिब्यक्ति पनि चर्चित बन्यो । त्यसैगरी प्रदेश नंबर ३ का सामजिक विकास मन्त्रीले आफ्नै सचिवको कार्यकक्षमा ताला लगाएको विषयले पनि महत्व पायो ।
पढौ यि तिन विषयको बारे समाचार

चप्पल लगाएर आउने जतनासँग घुस खाने अनि विप्लवलाई चन्दा दिने : मन्त्री जमकट्टेल

प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले चप्पल लगाएर आउने जनतासँग घुस खाएर विद्रोहको नेतृत्व गरेका विप्लव समुहलाई चन्दा दिने काम भएको बताए छन् ।

आफुलाई केहि कर्मचारीले विप्लवलाई चन्दा दिनु वाध्यता रहेको गुनासो गरेको भन्दै उनले आफुले यस्तो गुनासो गर्ने कर्मचारीलाई विप्लव लाई चन्दा नदिन र घुस नखान समेत सचेत गरेको बताए ।

हेटौँडामा रेडीयो बुलेटिनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले नेपालमा विभेद अत्याधिक रहेको नेपालको हरेक क्षेत्रमा भनसुन नगरी कामनै नहुने बताए । जनताको सत्ता ल्याउनको लागि नेपाली जनताले रगत पसिना बगाएको भन्दै उनले अझसम्म पनि जनताको पहुँचमा सत्ता नपुगेको बताए ।
अब बोलेर मात्र नहुने भन्दै मन्त्री जमकट्टेलले विभेदको अन्त्य नभएसम्म नेपालको कहिल्यैपनि विकास नहुने बताए ।

मन्त्री दुलालले लगाईदिए सचिवको कार्यकक्षमा ताला

प्रदेश नंबर ३ का सामजिक विकास मन्त्री युवराज दुलालले मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाईएिका छन् ।
सचिवले मन्त्रालयको ध्यान नदिएको र दैनिक काममा चासो नदिएको भन्दै मन्त्री दुलाले उनको कार्यकक्षमा ताला लगाएका हुन् ।

मन्त्री दुलाले उनको कार्यकक्षमा ताला लगाएपछि सचिव हिजोनै काठमाण्डौँ गएका छन् । यता सचिव पौडेलले भने आफु १० दिन घर विदामा आएको बताए ।

मेयर महतले भने : २५ मिटर चाँडै भत्काउनुस

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।