तस्बीर गुगल

हेटौंडा,हेटौंडामा चैत ७ गतेदेखि १६ गतेसम्म भएको दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपबाट आयोजकलाई २२ लाख रुपियाँ बचत भएको छ । गोल्डकप आयोजक जिल्ला फुटबल संघ मकवानपुरलाई २२ लाख ८२ हजार ६ सय ७५ रुपियाँ बचत भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

गोल्डकपबाट ७२ लाख १७ हजार ६ सय रुपियाँ आम्दानी गरेको छ । जसमध्ये संघसंस्थाबाट ५६ लाख ४० हजार, टिकट बिक्रीबाट १५ लाख ७७ हजार ६ सय रुपियाँ आम्दानी गरेको हो ।प्रतियोगिता भर ४९ लाख ३४ हजार ९ सय २५ खर्च भएको संघले जानकारी दिएको छ । कुल आम्दानी मध्ये २९ लाख ६० हजार उठन बाँकी रहेको छ । खर्च मध्ये भुक्तानी भइसकेको ४० लाख २७ हजार ७ सय ७५ र भुक्तानी हुन बाँकी ९ लाख ७ हजार १ सय ५० रुपियाँ रहेको छ ।

खेलमैदान तथा प्याराफिट व्यवस्थापनको लागि ८ लाख ९९ हजार ५० रुपियाँ खर्च भएको छ । प्रचारप्रसार व्यवस्थापनमा ४ लाख ६ हजार ८ सय रुपियाँ, मकवानपुरका खेलाडी व्यवस्थापनको लागि ४ लाख ४० हजार ५ सय रुपियाँ खर्च भएको संघले जानकारी दिएको छ ।

यसैगरी स्टेज व्यवस्थानमा १ लाख ५० हजार ३ सय, अतिथि व्यवस्थापनमा ३६ हजार ८ सय ७० रुपियाँ, पाहुना खेलाडी तथा टिम व्यवस्थापनको लागि १४ लाख ४ हजार ६ सय रुपियाँ, खेल व्यवस्थापनमा ४ लाख ४५ हजार ४ सय १४ रुपियाँ, रेफ्रि व्यवस्थापनमा २ लाख ५० हजार खर्च भएको हो ।त्यस्तै, पुरस्कार तथा मायाको चिनो व्यवस्थापन खर्च ६ लाख ८६ हजार ८ सय रुपियाँ, उठ्न बाँकी सहयोग उठाउने खर्च १ लाख, मसलन्द खर्च २५ हजार ७ सय र अन्यमा ८८ हजार ८ सय ९१ रुपियाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।