हेटौँडा,२७ चैत्र ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मा रहेको तुलसीमेहर आवसीय माविले आउँदै शैक्षिक सत्रबाट प्राथमिक तहमा सस्कृत विषय अनिवार्य गर्ने भएको छ ।
आज हेटौँडाको न्युज क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले कक्षा २ बाट ५ सम्म सस्कृतलाई अनिवार्य बनाउन लागिएको बताए ।

सस्कृत भाषा महत्वपूर्ण रहेको र यो भाषाले हाम्रो सम्पूर्ण सास्कृतिक पक्षलाई समेटने भएकोले मकवानपुरको निजि विद्यालयले संभवत पहिलो पटक सस्कृत भाषालाई अनिवार्य गर्न लागेको बताए ।

कार्यक्रममा बोल्दै प्रोफेसनल एजुकेशनल फाउण्डेसनका अध्यक्ष बद्रीनाथ शर्माले सस्कृत विषयलाई प्राथमिकता दिँदै विद्यार्थीहरुलाई थप सस्कारी बनाउने प्रयास थालिएको बताए । सस्कृत भाषालाई पश्चिमा देशहरुले समेत महत्वको साथमा लिन थालिसकेको भन्दै उनले सस्कृत विषय निकै महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा यो वर्षबाट विद्यालयले कक्षा २ बाट १० सम्म संगितलाई पनि अध्यापन गराउन थालेको बताईएको छ । यो वर्ष विद्यालयको १२ सय विद्यार्थीमा ४ सयजनाले सस्कृत विषय पढने समेत विद्यालयका प्रधानाध्यापक खरालको भनाई थियो ।

कार्यक्रममा विद्यालयका सञ्चालक आशिष श्रेष्ठ, प्रोफेस्नल एजुकेशनका सचिव हेमन्त ढुंगेल, विद्यालयका सञ्चालक पुरुषोत्तम खनाल लगाएतको आतिथ्यता रहेको थियो । विद्यालयमा सस्कृत भाषा विधान आचार्यले अध्यापन गराउने विद्यालयले जनाएको छ ।