चैत २७- इन्डियन प्रिमियर लिग(आइपिएल)मा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा कोलकाता चेन्नईसंग ७ विकेटले पराजित भयो ।
चेन्नईको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो । उसका लागि आन्द्रे रसेलले ५० रनको अर्धशतकीय पारे खेले भने दिनेश कार्तिकले १९ र रविन उथप्पाले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।
चेन्नईको लागि दीपक चाहरले ३ विकेट लिए भने हरभजन सिंह र इमरान ताहिरको भागमा समान २,२ विकेट रह्यो । १०९ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १७.२ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि फाप डु प्लेसिस ४३ रनमा अविजित रहे भने अम्बाती रायडुले २१ रन बनाए । त्यस्तै शेन वाट्सन १७ रन बनाई आउट भए भने सरेश रैनाले १४ रन जोडे ।
कोलकाताको लागि सुनिल नराइनले २ विकेट लिए भने पिउस चावलाको भागमा १ विकेट रह्यो । खेलको म्यान अफ द म्याच दीपक चाहर भए । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र किंग्स इलाभेन पन्जाब भिड्दै छन् । खेल राति सवा आठ बजे मुम्बईमा हुनेछ ।इन्डियन प्रिमियर लिग९आइपिएल०मा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा कोलकाता चेन्नईसंग ७ विकेटले पराजित भयो ।
चेन्नईको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो । उसका लागि आन्द्रे रसेलले ५० रनको अर्धशतकीय पारे खेले भने दिनेश कार्तिकले १९ र रविन उथप्पाले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।
चेन्नईको लागि दीपक चाहरले ३ विकेट लिए भने हरभजन सिंह र इमरान ताहिरको भागमा समान २-२ विकेट रह्यो । १०९ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १७.२ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि फाप डु प्लेसिस ४३ रनमा अविजित रहे भने अम्बाती रायडुले २१ रन बनाए । त्यस्तै शेन वाट्सन १७ रन बनाई आउट भए भने सरेश रैनाले १४ रन जोडे ।
कोलकाताको लागि सुनिल नराइनले २ विकेट लिए भने पिउस चावलाको भागमा १ विकेट रह्यो । खेलको म्यान अफ द म्याच दीपक चाहर भए । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र किंग्स इलाभेन पन्जाब भिड्दै छन् । खेल राति सवा आठ बजे मुम्बईमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्