हेटौंडा,२६ चैत्र ।
नेपाल पर्यटन पत्रकार महासंघ मकवानपुरको तदर्थ समिति अध्यक्षमा पत्रकार भानुभक्त आचार्य चयन भएका छन् । आज हेटौँडामा भएको भेलाले नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष समेत रहेका आचार्यको अध्यक्षतमा तदर्थ समिति निर्माण गरेको हो ।

शाखाको तदर्थ समितिमा उपाध्यक्ष देवराज पन्त, महिला उपाध्यक्ष नानीमैया विष्ट, सचिव विवश अधिकारी, सहसचिव अमृत चिमोरिया, कोषाध्यक्ष शुभलक्ष्मिी विश्वकर्मा, सदस्यहरु अशोक सुजन श्रेष्ठ, प्रकाश दहाल, नानीमैया सापकोटा र मञ्जरी बलामी रहेका छन् । ११ सदस्य रहने समितिमा १ जना सदस्य अर्को बैठकले मनोनित गर्ने जनाईएको छ ।

शाखाको आजै बसेको बैठकले भानुभक्त आचार्य, कृष्ण सारु मगर र नानीमैया विष्टलाई महासंघको प्रदेश प्रतिनिधिका रुपमा समेत चयन गरेको छ । तदर्थ समितिको रुपमा गठन भएको मकवानपुर शाखाले केही दिनमा नै आफ्नो समितिलाई पूर्णता दिने बताईएको छ ।