

हेटौँडा,२६ चैत्र ।पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १ कत्लेखोलामा एकजनाले आत्महत्या गरेका छन् ।
आज दिउँस स्थानीय सुर्यप्रसाद न्यौपानेले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका हुन् । ३७ वर्षीय न्यौपानेको दुई छोरी तथा दुई छोरा र एकजना श्रीमती छन् । उनले आत्महत्या किन गरेको भन्ने हालसम्म नखुलेपनि आत्महत्या अघि मदिरा सेवन गरेको घटनास्थलबाट थाहा भएको स्थानीयहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्