आइपिएल अन्तर्गत किंग्स इलेभेन पंजावले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा पंजावले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १५१ रनको लक्ष्य पछाएको पंजावले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।पंजावको जितमा केएल राहुलले अविजित ७१ रन बनाएका थिए । राहुलले ५३ बलमा ७१ रनको सुझबुझपूर्ण पारी खेल्दै पंजावलाई प्रतियोगितामा चौथो जित दिलाएका थिए । राहुलको यस आइपिएलमा यो तेस्रो अर्धशतक हो ।

त्यस्तै पंजावको जितमा मयंक अग्रवालले ५५ तथा क्रिस गेलले १६ रन बनाएका थिए । त्यस्तै देहिद मिलरले १ तथा मनदीप सिंहले २ र साम कुरानले ५ रन बनाएका थिए ।हैदरावादका सन्दीप शर्माले २ विकेट लिए भने राशिद खानले एक विकेट लिएका थिए ।यसअघि टस हरेर पहिला ब्याटिंग गरेको हैदरावादले पंजावको कसिलो बलिङका आगाडी २० ओभरमा ४ विकेट गुमाउदै १५० रन बनाएको हो ।

हैदरावादका लागि डेभिड वार्नरले सर्वाधिक रन बनाएका छन् । पंजावको कसिलो बलिङको अगाडी टिकेर खेल्दै वार्नरले ६२ बलमा ७० रन बनाएका थिए । वार्नरले टी-२० क्रिकेटमा अहिलेसम्म कै सुस्त ब्याटिंग गरेका छन् ।हैदरावादका लागि विजय शंकरले २६, मनिष पाण्डेले १९ रन, मोहमद नावीले १२  तथा दिपक हुद्दाले ३ बलमा १४ रन बनाएका थिए ।

त्यस्तै पन्जावका बलर मुजीब उर रहमान, मोहमद सामी र आर आश्विनले एक एक विकेट लिएका थिए ।प्रतियोगितामा पंजावले ६ खेलमा ४ खेलमा जित हासील गरेर ८ अंक बटुल्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने हैदरावाद ६ खेलमा ३ जित र ३ हारका साथ ६ अंक बटुल्दै चौथो स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आजको खेल चेन्नई सुपरकिंग्स र कोलकोता नाइटराइडर्सबीच हुदै छ ।