काठमाडौं, २५ चैत । एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग । हरेक कार्यालयमा अहिले डिजिटलमय भएका छन् । निजी कार्यालयले धेरै भयो अनलाइन प्रणालीको विकास गरेको ।

तर, सरकारी कार्यालय भने अझै पनि पुरानै ढर्रामा चलेको उदाहरण स्वयम्भूस्थित यातायात कार्यालय बनेको छ । हुन त एकान्तकुना, भक्तपुरको सल्लाघारी, सतुंगलस्थित यातायात कार्यालयमा पनि घन्टौंसम्म लाइनमा बस्नुपर्ने झन्झट बेहोर्नुपर्छ ।

उल्लिखित समाचारको तस्बिर जहाँ हेलमेट लाइनमा राखिएको छ । स्वयम्भू यातायात कार्यालयमा कर तिर्न सेवाग्राहीले हेल्मेट, बोतल, ब्याग र ढुंगासम्म राखेर आफ्नो ठाउँ सुरक्षित गर्दै छन् । यसले नेपाल डिजिटल युगमा गइसकेको भन्ने सञ्चारमन्त्रीको घोषणालाई जिस्क्याउँदैन र ?
तस्बिर : अच्युत घिमिरेको फेसबुक