आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।आइतबार सम्पन्न खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले परजित गरेको हो ।बैंगलोरले दिएको १५० रनको लक्ष्य पछाएको दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ६७ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाले २८, कोलिन इन्ग्रामले २२, रिषव पन्तले १८ रन बनाएका थिए ।

बैंगलोरका नवदीप सैनीले २ विकेट लिए भने टिम साउथी, पवन नेगी, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिएका थिए ।   यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाए भने मोइन अलीले ३२, अकासदीप नाथले १९, एबी डेभिलियर्सले १७ र मार्कोस स्टोइनिसले १५ रनको योगदान दिए ।

दिल्लीका बलर कागीसो रबाड़ाले ४ विकेट लिएका थिए । रबाडाले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । त्यस्तै क्रिस मोरिसले २ विकेटल इए भने अक्सर पटेल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।यो सँगै विराट कोहली नेतृत्वको बैंगलोरले यस आइपिएलमा खेलेका ६ वटै खेलमा हार बेहोरेको छ भने अब प्लेअफमा पुग्ने सम्भावना कम देखिएको छ । त्यस्तै दिल्लीले भने म खेलेका ६ खेलमा ३ खेलमा जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।