

हेटौँडा,२४,नेपाल निर्माण व्यवसायी संगठन मकवानपुरको संयोजकमा युवा ब्यवसायी नरेन्द्र भण्डारी चयन भएका छन् । काठमाण्डौँमा भएको प्रदेश तीनभररीका ब्यवसायीहरुको भेलाले मकवानपुरको संयोजकमा भण्डारीलाई चयन गरेको हो ।
भेलाले मकवानपुरको सहसंयोजकमा समाज घिमिरेलाई चयन गरेको छ । संयोजक भएपछि खबरब्रेकलाई प्रतिक्रिया दिँदै संयोजक भण्डारीले आफुहरु निर्माण ब्यवसायलाई थप ब्यवस्थित तथा मर्यादित बनाउन लागिपर्ने बताए । निर्माण ब्यवसायको क्षेत्रमा अझै धेरै समस्या रहेको भन्दै उनले संगठनले निर्माण ब्यवसायीको समस्यालाई समधान गर्नको लागि पहल गर्दै ब्यवसायीको हक अधिकारको लागि लागिपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्