file photo

जारी आइपिएलको १२औं संस्करणमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनिरहेका छन् ।गएराती सम्पन्न खेलमा विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोर कोकोलता नाइटराइडर्ससँग पराजित भयो । टिम पराजित भएपनि बैंगलोरका कप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् । कोहलीले ८४ रन बनाएर आउट भएसँगै आइपिएलको इतिहासमा अहिलेसम्म धेरै रन बनाउने खेलाडी बनेका छन् ।

कोहलीले यसअघि सुरेश रैनाले बनाएको रेकर्ड तोड्दै आइपिएलमा धेरै रन बनाएका हुन् । कोहलीले आइपिएलमा अहिलेसम्म ५११० रन बनाएका छन् । कोहलीले १६८ खेलका १६० इनिंगमा ५११० रन बनाएका हुन् । कोहलीले ४ शतक एवं ३५ अर्धशतकसमेत बनाएका छन् । कोहलीले आइपिएलको क्यारियरमा ४५२ चौका र १८० छक्का समेत प्रहार गरेका छन् ।

त्यस्तै कोहलीले टी-२० क्रिकेटमा आफ्नो ८ हजार रन समेत पुरा गरेका छन् । यसमा अन्तर्राष्ट्रिय टी-२० र फ़्रेन्चाइज टी-२० क्रिकेटमा बनाएको रन समावेश गरिएको छ । कोहली टी-२० क्रिकेटमा ८ हजार रन बनाउने विश्वका सातौ खेलाडी बनेका छन् । कोहलीले भन्दा अगाडी भारतीय खेलाडी सुरेश रैनाले टी-२० क्रिकेटमा ८ हजार रन बनाएका थिए ।

यसअघि धेरै रन बनाएका सुरेश रैना ५०८६ रन बनाएर दोस्रो स्थानमा छन् । रैनाले १८० खेलका १७६ इनिंग खेल्दै ५०८६ रन बनाएका छन् । रैनाले ३४.१३ को औसतमा एक शतक र ३५ अर्धशतकसहित ५ हजार रन पुरा गरेका हुन् । रैनाले आफ्नो आइपिएल क्यारियरमा ४६१ चौका र १८८ छक्का प्रहार गरेका छन् ।त्यस्तै धेरै रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा रोहित शर्मा रहेका छन् । रोहितले आइपिएलमा अहिलेसम्म ४६०० रन बनाएका छन् ।त्यस्तै डेभिड वार्नरले ४२७८, रोबिन उथप्पाले ४२७५,  गौतम गम्भीरले ४२१७, शिखर धवनले ४२१०, महेन्द्र सिंह धोनीले ४१३५ रन बनाएका छन् । त्यस्तै क्रिस गेलले ४१३३, एबी डिभिलीयर्सले ४१०९ रन बनाएका छन् ।