चैत २२- अमेजनका जेफ बेजोस र उनकी श्रीमती मेकेंजीबीच विश्वकैमहँगो पारपाचुके भएको छ। उनीहरु ३६ विलियन डलर लेनदेन गर्दै सम्वन्ध विच्छेदको सहमतिमा पुगेका हुन्।

सम्वन्ध विच्छेदको सहमतिसँगै अब २५ वर्ष पुरानो रिटेल कम्पनी अमेजनमा मेकेंजीको हिस्सेदारी ४ प्रतिशत रहेने छ।

उनीहरुबीच ३५ विलियन डलरमा भएको सहमतिले फ्रान्समा जन्मेका अमेरिकी अर्वपति एलेक वाइल्डेनस्टाइन र उनकी पूर्व पत्नी जोसेलीन वाइल्डेनस्टाइनबीच ३।८ विलियन डलरमा भएको सम्वन्ध विच्छेदको सहमतिलाई निकै पछि छोडिदिएको छ।

मेकेंजीले एक ट्वीट गर्दै यो घोषणा गरेकी हुन्। उनले यही महिना ट्वीट ट्वीटर खाता खोलेकी थिइन् र यहीनै पहिलो र एकमात्र ट्वीट हो।

सम्वन्ध विच्छेद अगाडि अमेजनमा मेकेंजीको १६।३ प्रतिशत हिस्सेदारी थियो। बेजोसले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए। मेकेंजीले यस कम्पनीमा पहिला सदस्यकारुपमा काम गरेकी थिइन्। उनीहरुका चार बच्च छन्।
एजेन्सी