हेटौंडा १२ चैत,ललितपुरको थ्रीस्टार क्लबले क्यामारुनको दाफिन्स फुटबल क्लब संग चैत १४ गते सेमिफाईनल खेल खेल्ने भएको छ । मकवानपुरमा जारी दोस्रो सहिद मकवानपुर गोल्डकपमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा आज थ्रीस्टारले सरस्वती फुटबल क्लबलाई २-० ले पराजित गरेपछि सेमिफाईल प्रवेश गरेको हो ।

हेटौंडाको वन विज्ञान खेल मैदानमा भएको खेलमा  थ्रीस्टारका लागि खेलको २५ मिनेटमा मानसाले पहिलो गोल गरेका थिए । यस्तै थ्रीस्टारकै पिटर सेगुनले खेल को ६० औ मिनेटमा गोल गरेका थिए ।

खेलमा थ्रीस्टारका लागि दोस्रो गोल गर्ने पिटर सेगुन म्यान अफ दी म्याच घोषित भएका थिए ।प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०/२० हजार रुपयाँ रहेको बताईएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ समेन्ट रहेको छ भने संरक्षकत्वमा हेटौंडा उपमहानरपालिका रहेको छ । भोलि पहिलो सेमिफाईनल खेलमा आयोजक मकवानपुर ११ र नेपाल पुलिस भिड्ने छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।