file photo

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले आफ्नो यस सिजनको दोस्रो खेल अहिले चेन्नई सुपर किंग्ससँग घरेलु मैदान कोटला क्रिकेट मैदानमा खेल्दै छ ।

दिल्लीले टस हारेर पहिला ब्याटिंग गर्दै छ । दिल्लीबाट आजपनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ इलेभेनमा परेका छैनन् । दिल्लीले आज तिब्र गतिका बलर ट्रेन्ट बोल्टको ठाउमा अमित मिश्रलाई खेलाएको छ भने अन्य मुम्बई इण्डियन्सविरुद्ध खेलेकै खेलाडीलाई निरन्तरता दिएको छ ।

चेन्नईविरुद्ध खेल्ने दिल्लीको प्लेइङ एघारमा श्रेयस ऐर (कप्तान), ऋषभ पन्त, शिखर धवन, पुथ्वी शा, ईशान्त शर्मा, कोलिन इन्ग्राम, अमित मिश्र, कागिसो रवाडा, कीमो पाउल, राहुल टेवाटिया, अक्षर पटेल रहेका छन् ।यसअघि यस सिजनको पहिलो खेलमा दिल्लीले मुम्बईविरुद्ध सन्दीपलाई खेलाएको थिएन । दिल्लीले सो खेलमा मुम्बईविरुद्ध ३७ रनको जित हासिल गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।