दिपकबहादुर सिंह । तस्बिर : खबरब्रेक

हेटौँडा,१२ चैत्र ।
राप्रपा मकवानपुरका नेता तथा केन्द्रीय सदस्य दिपकबहादुर सिंह राप्रपाका केन्द्रीय सह महामन्त्रीमा मनोनित भएका छन् । । राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम सिंहसहित १९ जना पदाधिकारी मनोनयन गरेका छन् । थापाले मंगलबार २ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ महामन्त्री, ६ सहमहामन्त्री र २ सहायक महामन्त्री मनोनयन गरेका हुन ।

थापाले बुद्धिमान तामाङ्ग (धादिङ्ग) र राजीव पराजुली (पर्सा)लाई बरिष्ठ उपाध्यक्ष बनाएका छन् । तामाङ्ग यसअघि पनि बरिष्ठ उपाध्यक्ष थिए भने पराजुली उपाध्यक्ष थिए । त्यस्तै प्रेम बहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर), नरेन्द्र बहादुर चन्द (बैतडी), तोरण बहादुर गुरुङ्ग )स्याङ्गजा), रोशन कार्की (ललितपुर), भिम प्रसाद गौचन ९म्याग्दी० र महेशलाल महासेठ (सिरहा)लाई उपाध्यक्षमा मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै महामन्त्रीमा अध्यक्ष थापाले राजेन्द्र लिङ्देन (झापा) र डा धवल शम्शेर जबरा (बाँके) लाई मनोनयन गरेका छन् । उनीहरु यसअघि पनि महामन्त्री थिए । लिङदेन पार्टीका तर्फबाट प्रतिनिधिसभामा एक मात्र सांसद र जवरा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन । चन्द्र बहादुर गुरुङ्ग )कैलाली), कुन्ती शाही )दैलेख), , भक्ति प्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ्ग), भरत रायमाझी (काठमाण्डौ) मनोनित भएका छन् । सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ )इलाम), मदन बहादुर कार्की (स्याङ्गजा) तथा प्रवक्ताहरुमा सुशील श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाण्डौ), नीलकण्ठ काफ्ले (नवलपुर) मनोनित भएका छन् । प्रदीप कुमार उदय (रुपन्देही)लाई प्रदेश ५ को अध्यक्ष र ईन्द्र बहादुर ठकुरी (सिन्धुपाल्चोक)लाई केन्द्रीय सदस्य पदमा मनोनयन भएको श्रेष्ठले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।